News Summary
Generated by OK AI. Editorially reviewed.- देउवा समूहले नेपाली कांग्रेसको १५औं महाधिवेशन २१–२३ मंसिरमा खुलामञ्चमा गर्ने भएको छ ।
- केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप बुक भइसकेको जानकारी दिए ।
- निर्वाचन समितिका अनुसार उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यको मतदान खुलामञ्चमा हुने छ भने पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदान हुने छ ।
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।
देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए ।
उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने छ । यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने छ ।
भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए ।
१५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।
प्रतिक्रिया 4