News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई नियन्त्रणमा लिएको घटनाप्रति घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेको छ।
- महासंघले बिना अनुमति मिडिया कार्यालय प्रवेश र नियन्त्रण पुर्जीबिनै पत्रकारलाई नियन्त्रण गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनेको छ।
- महासंघले गलत कदमप्रति सार्वजनिक माफी माग्न सरकार र सरोकारवाला निकायसँग आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी कदमविरुद्ध एकजुट हुन अपिल गरेको छ।
१३ कात्तिक, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले विज्ञप्ति निकालेर गलत कदमप्रति सार्वजनिक रुपमा माफी माग्न सरकार र सरोकारवाला निकायसँग माग गरेको हो।
मिडियाका कार्यालयमा प्रवेश गरी प्रहरीले पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई समाचारकक्षबाटै नियन्त्रण गरेको घटनाप्रति भर्त्सना गर्दै यस्तो माग गरिएको हो ।
‘बिना अनुमति मिडियाको कार्यालय प्रवेश गर्नु आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ, ‘नियन्त्रणपुर्जी बिनै अनधिकृत नियन्त्रणमा लिएका पत्रकारलाई तत्काल रिहा गर्न र गलत कदमप्रति सार्वजनिक माफि माग्न महासंघ प्रदेश समिति सरकार र सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।’
महासंघको प्रतिष्ठान प्रदेशका अनुसार संविधानले नै ग्यारेन्टि गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई बेवास्ता गर्दै समाचारमा आएका विषयलाई लिएर नियन्त्रण पूर्जीसमेत नदिइ नियन्त्रण गर्नु र बिना अनुमति मिडायाका कार्यलयमा प्रवेश गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।
अगाडि भनिएको छ, ‘लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारबाट शाही शासनको झल्को दिने कदमको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति घोर भत्र्सना गर्दछ ।’
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कदम अस्वीकार्य रहेको र यस्ता कदम जारी रहे जुनसुकैस्तरका कडा कदम चाल्न बाध्य हुने चृतावनी दिइएको छ ।
प्रेस स्वतन्त्रता विरोधी कदमविरुद्ध एकजुट हुन प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, पत्रकारसम्बद्ध संस्थाहरु र सम्पूर्ण पेसागत संस्थाहरुलाई हार्दिक अपिल गरिएको छ ।
प्रतिक्रिया 4