+
+
Shares

अपडेट : पत्रकार पक्राउ गर्न भन्दै अढाइ घण्टादेखि बसिरहेका छन् नयाँ पत्रिका कार्यालयमा प्रहरी

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका सादा पोसाकका प्रहरीहरू अहिले पनि कार्यालय परिसरमै छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १९:४६

१३ कात्तिक, काठमाडौं । पत्रकारलाई पक्राउ गर्न पुगेका प्रहरीहरू साढे दुई घण्टादेखि नयाँ पत्रिका दैनिकको कार्यालयमा बसिरहेका छन् ।

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका सादा पोसाकका प्रहरीहरू अहिले पनि कार्यालय परिसरमै छन् ।

५ जना प्रहरीहरू सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा प्रवेश गरेका थिए । अहिले पनि पत्रिकाको कार्यालय मुनि हतियारसहितका बर्दीधारी प्रहरी बसिरहेको सम्पादक खगेन्द्र पन्तले जानकारी दिए ।

उनका अनुसार समाचार कक्ष भन्दा बाहिर निस्किए पनि प्रहरीहरू कार्यालय नजिक, भर्‍याङ र लिफ्टमा बसिरहेका छन् । संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै उनीहरू कार्यालय गएका हुन् ।

‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ’, पन्तले भने । यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलगायतका पत्रकारहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?