१४, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल तरूण दलको अध्यक्षमा काभ्रेपलाञ्चोकका दिल लामालाई मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले लामालाई तरुण दलको अध्यक्षमा मनोनीत गरेका हुन् ।
मनोनयन पत्रमा विधानको धारा ४२ (१) (च) बमोजिम अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख छ ।
लामालाई ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ ।
उनी यसअघि पूर्वअध्यक्ष विद्धान गुरूङको कार्यसमितिमा केन्द्रीय सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4