१४ कात्तिक, काठमाडौं । काठमाडौंको जामाचो रानीवन क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ ।
शनिबार काठमाडौंको रानीवनमा भएको रक्तदान कार्यक्रममा ४२ जना व्यक्तिबाट ४२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष गौतम प्रसाद खनालले जानकारी दिए ।
कार्यक्रम मेट्रो ब्लड बैंक महाराजगञ्जको सहकार्यमा भएको हो । विभिन्न अस्पतालमा बिरामीलाई आवश्यक रगत अभावलाई टार्नका लागि क्लबले उक्त कार्यक्रम गरेको उनको भनाइ छ ।
सामाजिक क्षेत्रमा सक्रिय क्लबले गत वर्षको भदौको जेनजी आन्दोलनका घाइतेलाई आवश्यक रगत अभाव हुँदा पनि अभियान नै चलाएर रगत संकलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4