+
+
Shares

जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ९:३८

१५ कात्तिक, काठमाडौं । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

साढे दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको सु सहरनजिकै गएको यस भूकम्पको केन्द्रबिन्दु समुद्रमुनि ३५२ किलोमिटर गहिराइमा थियो।

भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर पनि सार्वजनिक भएको छैन।

युरोपियन-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरको वेबसाइटमा स्थानीयले भूकम्पको धक्का निकैबेरसम्म महसुस गरिएको जानकारी गराएका छन्।

सुरुमा हल्का धक्का महसुस भएको र बिस्तारै त्यो तीव्र हुँदै गएको उनीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?