+
+
Shares

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा

‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई अक्षुण्ण राख्ने सुनिश्चितता गर्ने कुरामा नेपाली कांग्रेस पार्टी तयार छ,’ सभापति थापाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १५:१९

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतालाई अक्षुण्ण राख्नेबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् । आइतबार समसामयिक विषयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई अक्षुण्ण राख्ने सुनिश्चितता गर्ने कुरामा नेपाली कांग्रेस पार्टी तयार छ,’ सभापति थापाले भने, ‘हामी यसमा सबैसँग संवाद गर्छौं ।’

यो विषयमा कुनैपनि पूर्वाग्रह नराखेर आफूहरू छलफल गर्न तयार रहेको उनले बताए । ‘यो कुनैपनि पूर्वाग्रह नराखीकन हाम्रा संस्थाहरू कसरी बनेका छन्, यसका प्रभाव, परिणाम सबै कुरालाई हेरेर निष्पक्ष ढंगबाट सबै कुरा एकठाउँमा राखेर छलफल, बहस गर्ने कुरा अहिलेको आवश्यकता छ, हामी यसमा काम गर्न तयार छौं,’ सभापति थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?