+
+
Shares

दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा ट्रक र मोटरसाइकल ठोक्किँदा चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको छ।
  • आइतबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते आचार्यको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

१६ कात्तिक, काठमाडौं । दैलेखमा ट्रकमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकमा क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठक्कर खाएर आइतबार दिउँसो दुर्घटना भएको थियो ।

उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ बस्ने ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?