News Summary
Generated by OK AI. Editorially reviewed.- आर्य फार्माल्याबले नेपाल क्रिकेट संघसँग तीन वर्षे सम्झौता गर्दै नेपाल प्रिमियर लिगको आधिकारिक स्वास्थ्य साझेदार बनेको छ।
- त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न जाने दर्शकले निःशुल्क रक्तचाप, उचाइ, तौल र मधुमेह परीक्षण पाउनेछन्।
- कम्पनीले यो व्यवस्था खेलकुदसँगै स्वास्थ्य सचेतना प्रवर्द्धन गर्न गरिएको बताएको छ।
१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटको रोमाञ्चसँगै दर्शकको स्वास्थ्यलाई पनि प्राथमिकता दिइने भएको छ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सम्झौता गर्दै एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार बनेको छ ।
यस सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुग्ने दर्शकले निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन् । दर्शकले मैदानमै रक्तचाप जाँच, उचाइ तथा तौल मापन र मधुमेह परीक्षण गराउन सक्नेछन् ।
क्रिकेट प्रतियोगिताको उत्साहका बीच दर्शकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । यसले खेलकुदसँगै स्वास्थ्य सचेतना प्रवर्द्धनमा समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4