News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
- भारत सरकारले अग्निपथ योजना ल्याएपछि गोर्खा भर्ती बन्द छ, र भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा पनि खुलाउने विषयमा ठोस सहमति भएको छैन।
- प्रदर्शनमा सहभागीहरूले बेरोजगार नेपाली युवाका लागि भरपर्दो रोजगार र पूर्व गोर्खा सैनिकको संस्था दर्ता नवीकरण गर्न माग गरेका छन्।
१६ कात्तिक, काठमाडौं । भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
भारत सरकारले अग्निपथ योजना ल्याएपछि गोर्खा भर्ती बन्द छ ।
यसअघि १२ अगस्ट २०२६ मा पोखरामा पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए । यसैगरी १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेलामा पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए ।
तर भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा पनि भर्ती खुलाउने विषयमा ठोस सहमति भएको छैन । भर्ती खुलाउन माग गर्दै प्रदर्शनमा सहभागीहरुले बेरोजगार नेपाली युवालाई भरपर्दो रोजगारको व्यवस्था गर्न समेत माग गरेका छन् ।
उनीहरुले सचिवस्तरीय निर्णयलाई खारेज गरी पूर्व गोर्खा सैनिकको संस्था वा संगठन दर्ता नवीकरण गर्ने व्यवस्था गर्न पनि माग गरे ।

प्रतिक्रिया 4