+
+
Shares

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ७:३२

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो ।

२८ पुस २०६७ मा कर्तव्य ज्यान गरेर शाही फरार भएका थिए । शाहीलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।

अदालतबाट म्याद थप लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?