News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रेस काउन्सिल नेपाल २०४८ र केही नेपाल ऐन संशोधन गर्न अध्यादेश सिफारिस गरिएको हो ।
१७ काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।
प्रतिक्रिया 4