+

पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको लक्ष्य

२०८३ कात्तिक  १७ गते १८:४६ २०८३ कात्तिक १७ गते १८:४६

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सका बलरले उत्कृष्ट प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई नेपाल प्रिमियर लिगमा ९ विकेट गुमाएर ९७ रनमै रोक्यो ।
  • कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराका चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए ।
  • लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिए ।

१७ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ९७ रनमै समेटिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २५ रन बनाए ।

यस्तै ओपनिङ गरेका कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस सिजन पहिलो खेल खेलेका अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए । सदारा समिराविक्रमा ७, बिपिन आचार्य १, शकिब अल हशन ३, अर्जुन घर्ती ६ रनमा आउट भए । बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।

पोखरालाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै तिलक भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

पोखरा एभेन्जर्स लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय