+
+
Shares

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १९:०७

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा  खानतलासी गर्दै पक्राउ गरिएको बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कामीको घरमा खानतलासी गर्दा भरुवा बन्दुकमा प्रयोग हुने फलामका नाल २ थान, हातहतियार बनाउन प्रयोग हुने रेती ३ थान, छिना २ थान, कस्सा १ थान, माछा आकारको पित्तलको प्लेट १ थान र स्क्रु २ थान बरामद गरिएको छ ।

त्यस्तै, घरको पछाडिपट्टि जमिनमुनि खाल्टोमा लुकाइछिपाइ राखिएको पुरानो भरुवा बन्दुक एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको नाल ६ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?