+
+
Shares

गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते २१:३५

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन् ।

भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।

दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?