+
+
Shares

मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्देखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने, ‘

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो र पार्टीका नेताको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
  • उनले भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न र राजनीतिबाट सन्यास लिन तयार रहेको बताएका छन्।
  • लिङ्देनले आगामी महाधिवेशनमा सहमति वा स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न र पार्टी एकता जोगाउन आग्रह गरेका छन्।

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

बुधबार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले आफूले संसद्मा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराए । उनले भ्रष्टाचारको आरोप प्रमाणित भएमा आफू सजाय भोग्न र राजनीतिबाटै सन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्न तयार रहेको दाबी गरे ।

‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्देखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने, ‘

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पती विवरण बुझाएको जानकारी दिए ।

पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङदेनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै निजी स्वार्थका लागि पार्टी र सहकर्मीको मानमर्दन गर्ने कार्य नगर्न सचेत गराए ।

‘म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु । त्यसैले राप्रपा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्छ । अब हाम्रो मुख्य लक्ष्य पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेतृत्व चयन सहमतिबाट हुन सके राम्रो हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ,’ उनले भने, ‘तर नेतृत्वका आकाङ्क्क्षी साथीहरूले व्यक्तिगत स्वार्थका लागि एकअर्कालाई होच्याउने र पार्टीको मनोबल कमजोर बनाउने काम गर्नु हुँदैन । पार्टीको एकता, प्रतिष्ठा र हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्छ ।’

उनले आफ्नो अडान ‘सिद्धान्तमा मात्र नभई मन, वचन र कर्ममा आधारित रहेको’ जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?