News Summary
Generated by OK AI. Editorially reviewed.- पदयात्रा कानुन उल्लङ्घन गरी बेल्जियमका दुई नागरिकलाई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोज्ने गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई रु ५० हजार जरिबाना गरिएको छ।
- अध्यागमन विभागले अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त विवरणका आधारमा उल्लङ्घन पुष्टि गरेको छ।
- विभागले गाइडको आचरण र इजाजतपत्रबारे छानबिन गर्न पर्यटन विभाग र बागमती प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ।
१८ कात्तिक, काठमाडौँ । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिबाना गरिएको छ ।
बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिबाना गरिएको अध्यागमन विभागले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।
घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको विभागले जनाएको छ ।
विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ । अनुमति उल्लङ्घन गर्ने र सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेमाथि कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।
प्रतिक्रिया 4