+
+
Shares

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा हराएका तीन युवक सकुशल फेला

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १२:५२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा हराएका पोखराका तीन युवकलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीबाट सकुशल फेला पारिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अजित जिसी, युकेश गुरुङ र करण लामा बाटो बिराएर जंगलमा अलपत्र परेका थिए ।
  • प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, 'तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।'

२१ साउन, गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।

पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, ‘तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।’

बुधबार बिहान ८ः०० बजेदेखि उनीहरूको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेका थिए ।

जंगलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरूको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो ।

उनीहरूलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?