१८ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आईजीपी केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च पदमा पदोन्नति गरेकामा नेपाल सरकारलाई कृतज्ञता व्यक्त गरे ।
उनले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु आफ्नो प्राथमिकता रहेको बताए ।
संगठनको मूल्यमान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोचका साथ सबै प्रहरी कर्मचारीहरूले आफूलाई साथ दिनेमा आईजीपी केसीले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4