+
+
Shares

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुलबापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ।
  • आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषकले आफैं नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ।
  • आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा दर्ता भएका कृषकको २०८२/८३ असार मसान्तसम्मको महसुल मात्र नगरपालिकाले भुक्तानी गर्नेछ।

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ।
‎
नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको छ।
‎
नेपाल सरकार, अर्थ मन्त्रालयको अनिवार्यबाहेकका अन्य खर्च कटौती गर्ने निर्देशनअनुसार कृषि विद्युत् मिटरको अनुदान तथा महसुल भुक्तानी कार्य हाललाई स्थगित गरिएको नगरपालिकाले जनाएको छ।‎
‎
‎नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा नगरपालिकाका विभिन्न वडाबाट कृषि विद्युत् मिटरका लागि दर्ता भएका कृषकहरूको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको विद्युत् महसुल मात्र नगरपालिकाले भुक्तानी गर्नेछ।‎
‎
‎आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी कृषि विद्युत् मिटरको महसुल सम्बन्धित उपभोक्ता कृषक स्वयंले नेपाल विद्युत् प्राधिकरणमा समयमा बुझाउनुपर्ने नगरपालिकाकी कृषि विकास अधिकृत हिमानी यादवले बताइन्।
‎
‎नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल भुक्तानी गर्न छाडेपछि यहाँका कृषकहरू प्रभावित हुने भएका छन्। यसअघि नगरपालिकाले भुक्तानी गर्दै आएको महसुल अब आफैंले तिर्नुपर्ने भएपछि कृषकहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?