+
+
Shares

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १५:३७

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको थियो ।

बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?