News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार र शनिबार सुनुवाइ गर्ने कार्यतालिका पारित गरेको छ।
- शुक्रबार डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुने तथा शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ हुने समितिले जनाएको छ।
- डा. रत्नबहादुर वाग्चन्दविरुद्ध ५, चन्द्रबहादुर सारूविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध ७ वटा उजुरी परेको बोध नारायण श्रेष्ठले बताए।
१९ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशबिरुद्ध संसदीय सुनुवाईका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो ।
जसअनुसार शुक्रबार उजुरीकर्तासंग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुुनुवाइ गरिने समितिले जनाएको छ ।
त्यस्तै शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाई हुने समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
उनले डा. रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारूको विरुद्धमा ६ वटा उजुरी, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेको बताए । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएका छन् ।
बैठकमा प्रस्तावित न्यायाधीशबिरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो । असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया 4