+
+
Shares

१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका छन्।
  • बुधबार निवासबाट पक्राउ परेका अग्रवाललाई थुनछेक बहस नसकिएपछि प्रहरी कस्टडीमा राखिएको थियो।
  • सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले उनी धरौटी बुझाएर आज रिहा भएको जानकारी दिए।

१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् ।

बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनका अनुसार, उनी धरौटी बुझाएर आज रिहा भएका हुन् ।

हिजो निवासबाटै पक्राउ परेका अग्रवाललाई अदालत बुझाइएको थियो । बुधबार उनको थुनछेक बहस नसकिएपछि प्रहरी कस्टडीमा राखिएको थियो ।

बिहीबार अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?