+
+
Shares

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसले जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ।
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी कम्पनीलाई हस्तान्तरण गरिएको छ।
  • जापान टोब्याकोले रुसी चुरोट बजारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ, र यो घटनाले जापान–रुस सम्बन्ध थप तनावपूर्ण बनेको छ।

२० कात्तिक, टोकियो (रासस/एएफपी)। रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी कम्पनीलाई हस्तान्तरण गरिएको छ । जापानले उक्त कदमको विरोध गर्दै निर्णय फिर्ता लिन माग गरेको जनाएको छ ।

जापान टोब्याकोले रुसी चुरोट बजारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले आफूले सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध र नियम पालना गर्दै व्यवसाय सञ्चालन गरेको जनाएको छ ।

यस घटनाले जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । गत महिना रुसी सुरक्षा सेवा एफएसबीले जापानी पत्रकार युकी इमाईलाई जासुसीको आरोपमा पक्राउ गरेको थियो । जापानले उक्त आरोप अस्वीकार गरेको छ ।

युक्रेन युद्धपछि रुसमाथि प्रतिबन्ध लगाउने देशका कम्पनीमाथि मस्कोले कडा कदम चाल्दै आएको छ । जापान पनि रुसविरुद्धका प्रतिबन्धमा सहभागी छ । प्रशान्त महासागरका केही टापुको स्वामित्वलाई लिएर दुई देशबीच दशकौँदेखि विवाद रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?