News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सेयर बजारमा नेप्से २.६४ अंक बढेर २६५५ अंकमा पुगेको छ, १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ को घटेको छ ।
- आजको कारोबार रकम ३ अर्ब ४६ करोडमा झरेको छ, अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएको थियो ।
- क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.०८ प्रतिशत बढ्दा घोराही सिमेन्टको ४.४३ प्रतिशत घटेको छ ।
२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ को घटेको छ ।
त्यस्तै कारोबार भएका १४ कम्पनीको मूल्य स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से जम्मा २.६४ अंक बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५ अंकमा कायम भएको छ ।
दिनभर कारोबारका क्रममा बजारको उतारचढाव न्यून रह्यो । दिउँसो १ : ०७ बजे नेप्से अधिकतम २६६१ अंकसम्म पुगेको थियो । कारोबार रकम आज पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो ।
अन्यबाहेक सबै समूहगत सूचक बढेका छन् । तर ती समूहगत सूचकको वृद्धि १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार ०.०८ प्रतिशत बढे । अन्य समूह ०.८८ प्रतिशत घट्यो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशत बढ्यो । बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८, माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै घोराही सिमेन्टको ४.४३, नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७०, गुराँस लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4