News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलकी सरस्वती खनाल रायमाझीले यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत १० लाख रुपैयाँ नगद पुरस्कार जितिन्।
- उनले बुटवलस्थित बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्।
- यामाहा नेपालले अभियानअन्तर्गत स्कुटर र मोटरसाइकल खरिदमा अझै पुरस्कार जित्ने अवसर जारी रहेको जनाएको छ।
२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् ।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्।
ग्रान्ड प्राइज जितेपछि रायमाझीले स्कुटर खरिद गर्दा नै उत्साहित भएकोमा १० लाख रुपैयाँको पुरस्कारले खुसीलाई थप विशेष बनाएको बताइन्। उनले यो अप्रत्याशित उपहारका लागि यामाहाप्रति आभार व्यक्त गरेकी छन्।
यामाहा नेपालले अभियानअन्तर्गत ग्राहकलाई स्कुटर तथा मोटरसाइकल खरिदमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार ग्रान्ड प्राइज घोषणा भइसके पनि अभियानअन्तर्गत पुरस्कार जित्ने अवसर अझै जारी छ।
अभियानमा सहभागी हुन इच्छुक ग्राहकले नजिकैको आधिकारिक यामाहा शोरुममा गई यामाहाका स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4