+
+
Shares

धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते २१:२२

२१ कात्तिक, धनकुटा । तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएपछि धनकुटाको रात्रिकालीन दृश्य नै फेरिएको छ ।

रंगीबिरंगी बत्तीको उज्यालोले मन्दिर परिसर र सडक क्षेत्र झकिझकाउ बनेसँगै साँझपख घुमफिर गर्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । परिचयमोडदेखि मन्दिर परिसर हुँदै ५२ ढोका भएको घरसम्मको सडक झिलिमिली बत्तीले सिंगारिएको हो ।

तिहारको रमझमसँगै उज्यालो बनेको यस क्षेत्रमा साँझ पर्नासाथ सर्वसाधारणको भिड लाग्न थालेको छ । मन्दिर परिसर आसपास परिचयमोड हुँदै ५२ ढोकासम्म जडान गरिएका बत्तीले सडक र आसपासको क्षेत्रलाई आकर्षक बनाएका छन् ।

बत्तीको उज्यालोमा रमाउन, तस्वीर खिच्न र भिडियो बनाउन युवायुवतीको विशेष आकर्षण देखिएको छ । साँझपख बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म परिवारसहित घुमफिर गर्न आउने गरेका छन् ।

तिहारलाई लक्षित गर्दै स्थानीय युवाहरूको सक्रियतामा दाताहरुबाट आवश्यक रकम संकलन गरी मन्दिर परिसर र सडक क्षेत्रमा आकर्षक झिलिमिली बत्ती जडान गरिएको हो ।

चाडपर्वका बेला धनकुटा बजारलाई थप आकर्षक बनाउने र स्थानीय बासिन्दालाई साँझपख रमाइलो गर्ने वातावरण तयार गर्ने उद्देश्यले युवाहरुले पहल गरेका हुन् । बत्ती जडान तथा व्यवस्थापनका लागि नेपाली सेना र ट्राफिक प्रहरीले समेत सहयोग गरेका छन् ।

तस्वीरहरू : ईश्वर थापा/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?