+
+
Shares

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १०:२३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको लिक्विड लाउन्ज बारमा आज बिहान करिब ९ बजेतिर आगलागी भएको छ ।
  • काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आगो निभाउन दुई वटा दमकल घटनास्थल पुगेका छन् ।
  • बारमा कोही नभएकाले मालिकलाई बोलाउने प्रयास भइरहेको र क्षतिको विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।

काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।

बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।

बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

आगलागीबाट भएको क्षति र आगलागीका कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?