+
+
Shares

रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन

भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा उत्तरगयामा भदौ १० को बाढीबाट ११ जनाको पहिचान खुलेको छ भने ६५५ जनाको मृत्यु दर्ता प्रक्रियामा छ ।
  • उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले पालिकाभरको तथ्यांक संकलन गरेर मृत्यु दर्ता प्रक्रिया सुरु गरिएको जानकारी गराए ।
  • प्राधीकरणले यकिन गरेको तथ्यांकका आधारमा मन्त्रिपरिषद्ले मृतक सरह घोषणा गरेपछि सरकारी रकम परिवारको खातामा जम्मा गरिनेछ ।

२२ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ । पालिकाभरमा सम्पर्कविहीन भएका मध्ये ११ जनाको मात्रै पहिचान खुलेको छ भने ६५५ जनाको मृत्यु दर्ताको प्रक्रियामा छन् ।

उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले पालिकाभरको तथ्यांक संकलन गरेर मृत्यु दर्ताको प्रकृया सुरु गरिएको जानकारी गराए । सबैभन्दा बढी मानवीय क्षति उत्तरगयामा वडा नम्बर १ मा भएको छ । पालिक अध्यक्ष अर्यालका अनुसार वडा नम्बर १ मा ३८६ जना मृत्यु दर्ताको प्रक्रियामा छ ।

वडा, पालिकाले सूचना निकालेर बेपत्ताहरुको जानकारी गराउन अनुरोध गरेको थियो । सम्पर्कविहिन भएका परिवारका सदस्यहरुले वडामा आएर बाढीमा परेको जानकारी गराएका थिए । परिवारका सदस्यले दिएको जानकारी अनुसार पालिकाले हताहती हुनेहरुको संख्या यकिन गरेको हो ।

पालिकाले पठाएको संख्याको आधारमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधीकरणले यकिन गर्दछ । प्राधीकरणले यकिन गरेको तथ्यांकको आधारमा मन्त्रिपरिषद् बैठकले मृतक सरह घोषणा गर्दछ । मन्त्रिपरिषद बैठकले मृतक सरह घोषणा गरेपछि मृतक परिवारले प्राप्त गर्ने सरकारी रकम परिवारको खातामा जम्मा गरिदिने उत्तरगया पालिका अध्यक्ष अर्यालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?