+
+
Shares

अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते

पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी अफगानिस्तानको लगमान प्रान्तको माशली क्षेत्रमा सवारी साधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा सात जनाको मृत्यु र दुई जना घाइते भएका छन्।
  • प्रान्तीय प्रहरी कार्यालयका अनुसार दुर्घटना शनिबार साँझ काबुल–पूर्वी प्रान्त जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लामा भएको हो।
  • मृतक र घाइतेलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।

२२ कात्तिक, काबुल (रासस/सिन्ह्वा)। पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

मृतक तथा घाइतेहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?