+
+
Shares

फूल बेचेरै तिहार खर्चको जोहो

बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगञ्ज–१९ का बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहार खर्च जोहो गरेका छन्।
  • उनीहरूले करिब पाँच क्विन्टल फूल प्रतिकिलो ४०० रुपैयाँमा बिक्री गरेर करिब दुई लाख रुपैयाँ आम्दानी गरेको बताएका छन्।
  • बाँकेमा यस वर्ष करिब १३ बिगाहा क्षेत्रमा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलखेती भएको छ।

२२ कात्तिक, राँझा (बाँके)।  बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्।

नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताए। “हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै पाँच क्विन्टल जति बाँकी होला,” उनले भने, “चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो ।”

यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताए। सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए।

तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए।

उनका अनुसार, बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ । जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ । भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन् ।

तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको चर्तीमगरले बताए।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?