+
+
Shares

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १९:२२
लक्ष्मीपूजाका उज्यालो काडमाडौं । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो ।

उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका जलाशय तथा नदी प्रवाही (आरओआर र पीआरओआर) आयोजनाबाट ३४२.३० मेगावाट र स्टोरेज आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

लक्ष्मीपूजाको दिन विद्युत् प्रणालीमा कुनै अवरोध (पावर इन्टरप्सन) नभएको प्राधिकरणले जनाएको छ । यस अवधिमा प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज कायम रहेको थियो ।

यस्तै, लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५० मेगावाट पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै जाँदा चाडपर्वको समयमा आन्तरिक माग पूरा गरेर अतिरिक्त विद्युत् निर्यात गर्न सकिने अवस्था बनेको छ ।

प्राधिकरणका अनुसार अघिल्लो वर्षको लक्ष्मीपूजाको तुलनामा माग ६८ मेगावाटले बढि माग बढेको हो ।

गत वर्षको लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट विद्युत खपत भएको थियो ।

लक्ष्मीपूजाका दिनमा खपत विद्युतको पछिल्लो ३ वर्षको विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?