+
+
Shares

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेनेगलको केबेमर र लुम्पोल क्षेत्रमा आप्रवासी बोकेको डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको र एक जनाको उद्धार भएको छ।
  • सेनेगलको गृह मन्त्रालयले पानीमा हराइरहेका व्यक्तिको खोजी जारी रहेको र पीडित परिवारलाई सहयोग भइरहेको जनाएको छ।
  • सेनेगलका अधिकारीहरूले महिला र बालबालिकासहित १४२ आप्रवासीलाई पक्राउ गरी उनीहरू स्पेन जाने सानो डुङ्गामा यात्रा गरिरहेको बताएका छन्।

२२ कात्तिक, डकार, सेनेगल (रासस/एएफपी) । अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सेनेगलको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जनालाई जीवित अवस्थामा उद्धार गरिएको र अन्य २१ जनाको मृत शरीर पानीबाट निकालिएको जनाएको छ ।

शनिबार अबेरसम्म मृतकको सङ्ख्याबारे फरक फरक भनाइ सार्वजनिक भएका छन् भने पानीमा हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको र पीडिअतका परिवारलाई सहयोग भइरहेको बताइएको छ ।

सञ्चार माध्यमका अनुसार डुङ्गा शनिबार डकार र उत्तरी शहर सेन्ट लुइसको बीचमा रहेको केबेमर र लुम्पोल क्षेत्रमा डुङ्गा दुर्घटना भएको थियो । सोलेल पत्रिकाका अनुसार अधिकांश पीडितहरू लियोना र थिप्पेका रहेका थिए ।

सेनेगलका अधिकारीहरूले शनिबार उनीहरूले महिला र बच्चाहरू सहित १४२ आप्रवासीहरूलाई पक्राउ गरेका जनाएका छन् । उनीहरूस्पेन जाने लक्ष्यमा सानो डुङ्गामा यात्रा गरिरहेका थिए ।

हालैका वर्षहरूमा स्पेनको क्यानरी टापुहरूमा खतरनाक एटलान्टिक मार्गबाट युरोप पुग्ने प्रयासमा गर्दा भएका दुर्घटनामा पश्चिम अफ्रिकाका हजारौँ मानिसहरूले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?