+

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

२०८३ मंसिर  १ गते १०:४४ २०८३ मंसिर १ गते १०:४४
Shares
मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहान घुँडा, कम्मर र घाँटीमा हुने मांसपेशी कडापन तथा दुखाइ गलत आसन, चिसो, अत्यधिक व्यायाम र लामो समय एउटै आसनमा बस्दा हुन सक्छ ।
  • तातोपानीले सेक्ने, पाँच मिनेट हल्का व्यायाम गर्ने र तातो सुप पिउने घरेलु उपायले कडापन र दुखाइ घटाउन मद्दत गर्छ ।

मांसपेशी कडा हुने समस्याबाट धेरै मानिस पीडित छन् । विशेषगरी बिहान उठ्दा घुँडा, कम्मर र घाँटीमा कडापन तथा दुखाइ महसुस हुने गर्छ । यस्तो अवस्थामा काम गर्न सहज हुँदैन । आरामसँग बस्न वा सुत्न नै गाह्रो हुन्छ । त्यसैले शरीरको कडापन र दुखाइबाट छुटकारा पाउनु आवश्यक हुन्छ ।

मांसपेशीमा किन हुन्छ कडापन ?

मांसपेशी कडा हुनुका विभिन्न कारण हुन सक्छन् । गलत आसनमा सुत्दा, चिसो लाग्दा, अत्यधिक व्यायाम गर्दा, दिनभर एउटै आसनमा बसेर काम गर्दा, लामो समय डेस्कमा बसेर काम गर्दा तथा मांसपेशीमा सुन्निने समस्या वा कसिलोपन हुँदा कडापन र दुखाइ महसुस हुन सक्छ ।

मांसपेशीमा कडापन हुनुका अन्य कारणहरू:

१.शरीरमा पानीको कमी हुनु वा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रनु।

२.अत्यधिक कडा व्यायाम गरेपछि मांसपेशी दुख्नु र सुन्निनु।

३.कुनै कीराले टोक्नु ।

४.मांसपेशी बढी तन्किनु ।

५.शारीरिक रूपमा सक्रिय नहुनु अर्थात् पर्याप्त शारीरिक गतिविधि नगर्नु ।

मांसपेशी दुख्नुका कारणहरू

१.पानि र इलोक्ट्रोलाइट्सको कमी हुनु
२.भाइरल ज्वरो
३.बाथ
४.थाइराइडको समस्या
५.भिटामिन बी१२ र भिटामिन डीको कमी
६.तनाव, डिप्रेसन
७.कोलेस्टेरोलको औषधि
८.व्यायामको कमी

यस्तो समस्या हुँदा तत्कालका लागि राहत पाउन केही घरेलु उपाय अपनाउन सकिन्छ । यी उपायले शरीरको कडापन कम गरी दुखाइ घटाउन मद्दत गर्छ ।

१. तातोपानीले सेक्ने

बिहान ओछ्यानबाट उठ्नुअघि ५ देखि १० मिनेटसम्म तातोपानीले शरीरका दुखेका तथा कडा भएका भागमा सेक्न सकिन्छ । यसले मांसपेशीको कडापन र दुखाइ कम गर्न राहत दिन्छ।

२. छोटो व्यायाम गर्ने

बिहान ओछ्यानबाट उठेपछि पाँच मिनेट हल्का व्यायाम वा शरीर तन्काउने अभ्यास गर्न सकिन्छ । यसपछि आफ्नो दैनिक काम सुरु गर्दा शरीरलाई सहज महसुस हुन सक्छ ।

३. सुप पिउने

दिउँसो र बेलुकाको खानासँग तातो सुप पिउन सकिन्छ । यसका लागि मुगको दाल र विभिन्न तरकारी मिसाएर सुप बनाउन सकिन्छ । त्यसमा थोरै तिलसमेत मिसाउन सकिन्छ । यसले मांसपेशी र हड्डीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसबाहेक राजमा वा मुसुरोको दालको सुप पनि पिउन सकिन्छ ।

यदि मांसपेशीको कडापन र दुखाइ धेरै दिनसम्म पनि कायम रहन्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ । यसो गर्दा समस्याको वास्तविक कारण पत्ता लगाउन र समयमै उचित उपचार गर्न सकिन्छ।

मांसपेशी कडा मांसपेशी दुखाइ
डा. पुष्प मणि खराल
लेखक
डा. पुष्प मणि खराल
जनरल प्राक्टिसनर

डा.पुष्प मणि खराल एमडीजीपी चिकित्सक हुन् । खराल प्राथमिक चिकित्सा तथा आकस्मिक चिकित्सा एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर २७३८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय