+

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

२०८३ कात्तिक  २३ गते १३:४० २०८३ कात्तिक २३ गते १३:४०

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले कर्णाली याक्सविरुद्ध एनपीएल तेस्रो सिजनमा शतक प्रहार गरेका छन् ।
  • सम्राले ४५ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् ।
  • उनी एनपीएलमा शतक प्रहार गर्ने यस सिजनका पहिलो र पोखराका तेस्रो खेलाडी बनेका छन् ।

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् ।

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

यस्तै उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् ।

यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाद्यी याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए ।

यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो उच्च स्कोर हो । यसअघि पोखराका लागि कुनै पनि खेलाडीले अर्धशतक समेत बनाउन सकेका थिएनन् ।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।

एनपीएल कर्णाली पोखरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय