+
+
Shares

‘जलाकी’ मा प्रेमभन्दा गहिरो छ प्रतीक्षा र सम्झना छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मगर समुदायको मौलिक सांस्कृतिक पृष्ठभूमिमा बनेको नेपाली फिल्म ‘जलाकी’ मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

प्रेम केवल पाउनुको नाम होइन, कसैको प्रतीक्षामा जीवन बिताउनु र उसको सम्झनालाई मनमा सँगालेर बाँच्नु पनि प्रेमकै एउटा रूप हो । यस्तै प्रेम, त्याग, विछोड, प्रतीक्षा र सम्झनालाई मगर समुदायको मौलिक सांस्कृतिक पृष्ठभूमिसँग जोडेर तयार भएको नेपाली फिल्म ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

अशोक थापा मगरको निर्देशनमा तयार भएको फिल्ममा उपासना सिंह ठकुरी, सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय छ । फिल्मको कथा र आफ्नो भूमिकाबारे कुरा गर्दै उपासना सिंह ठकुरीले ‘जलाकी’ लाई सामान्य प्रेमकथाका रूपमा मात्र बुझ्न नहुने बताइन् ।

‘प्रेम भन्नेबित्तिकै प्रेमी– प्रेमिकाबीचको सम्बन्ध सम्झिन्छ । तर प्रेमको दायरा त्यतिमा मात्र सीमित हुँदैन’ उपासना सिंह ठकुरी भन्छिन्, ‘आमाबुबा र छोराछोरीबीचको माया, जीवनसाथीबीचको सम्बन्ध, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै रूप हुन् ।’

‘जलाकी’ ले यिनै भावनालाई फरक कोणबाट प्रस्तुत गर्ने उनले बताइन् ।

फिल्मको शीर्षकसँगै जोडिएको ‘जलाकी’ मगर समुदायको मौलिक सांस्कृतिक प्रतीक हो । ढुङ्गाबाट बनाइने यस संरचनासँग पुर्खाको सम्झना, आस्था, विश्वास र सांस्कृतिक पहिचान जोडिएको छ। यही प्रतीकलाई फिल्मको कथासँग जोडिनु यसको विशेष पक्ष रहेको उपासना सिंह ठकुरीको भनाइ छ।

मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्ममा उपासना सिंह ठकुरीसँगै सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय छ ।

अशोक थापा मगरको निर्देशनमा तयार भएको ‘जलाकी’ मौलिक संस्कृति, फरक प्रेमकथा र भावनात्मक कथावाचनका कारण दर्शकका लागि प्रतीक्षाको फिल्म बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?