अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ ।
अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन लागिएको हो ।
यसैबीच, अमेरिकाको १३औँ मरिन एक्सपिडिसनरी युनिट र यसको माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप पनि यसै महिनाको अन्त्यतिर मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकी सैन्य फौजको यो तैनाथीले इरानमाथि थप आक्रमण हुन सक्ने आशंका बढाएको छ ।
१३औँ मरिन एक्सपिडिसनरी युनिट समुद्र र स्थल दुवै क्षेत्रमा सैन्य कारबाही सञ्चालन गर्न सक्षम छ । यसमा २ हजार २०० भन्दा बढी मरिन सैनिक तथा नौसैनिक छन् । उनीहरूलाई स्थल, हवाई र सैन्य रसदसम्बन्धी युद्धक एकाइमा विभाजन गरिएको छ ।
यस सैन्य एकाइले आकस्मिक सैन्य आक्रमण गर्ने, समुद्री आवागमन रोक्ने तथा पानीजहाजमा चढेर खानतलासी गर्ने र नियन्त्रणमा लिने क्षमता राख्छ ।
प्रतिक्रिया 4