News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।
- महाशाखाका अनुसार तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
- आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै, देशका हिमाली भू– भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति भने देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु / कुहिरो लाग्ने बताइएको छ ।
प्रतिक्रिया 4