+
+
Shares

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा काँकडभिट्टा नाकाबाट रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया भारततर्फ निर्यात भएको छ।
  • गत आर्थिक वर्ष २०८२/८३ को सोही महिनामा रु २४ करोड ७४ लाख नौ हजार बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएकाले परिमाण ९० प्रतिशतभन्दा बढी बढेको छ।
  • मेची भन्सार कार्यालयका अनुसार गत असोजमा रु ९८ करोड ८८ लाख ८४ हजारको अलैँची र रु ४४ करोड २३ लाख ४८ हजारको प्लाइउड पनि निर्यात भएको छ।

२४ कात्तिक, भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने रु २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ । काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा रु ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र रु ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।

पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?