+
+
Shares

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्प : इरानमा हमलाको सम्भावना न्यून छ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य प्रहार आवश्यक नरहेको र द्वन्द्व सैन्य रूपमा प्रभावकारी रूपमा समाप्त भएको बताएका छन्।
  • कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँगको भेटपछि ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि सकारात्मक वातावरण बनेको दाबी गरेका छन्।
  • इरानले अमेरिकी नाकाबन्दी र प्रतिबन्ध फुकुवाको सर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने र पूर्ण वार्ता नहुने अडान दोहोर्याएको छ।

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको केही समयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान पुनः सुरु हुने सम्भावना अत्यन्तै न्यून रहेको र अहिलेको अवस्थामा थप सैन्य प्रहार ‘आवश्यक नरहेको’ बताएका छन्।

सोमबार ओभल अफिसमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँगको उच्चस्तरीय भेटवार्तापछि ट्रम्पले इरानसँगको द्वन्द्व सैन्य रूपमा ‘प्रभावकारी रूपमा समाप्त’ (मिलिटारिली इफेक्टिभ्ली ओभर ) भएको दाबी गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि सकारात्मक वातावरण बनेको बताए।

ट्रम्पको अभिव्यक्ति र कतारी मध्यस्थता

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,’हामी यो द्वन्द्व अन्त्यतर्फ अगाडि बढिरहेको सकारात्मक गति (मोमेन्टम ) देखिरहेका छौँ। इरानसँग थप सैन्य कारबाही आवश्यक छ जस्तो मलाई लाग्दैन। इरान सैन्य रूपमा प्रभावकारी रूपमा समाप्त भइसकेको छ।’

कतारका प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग वासिङ्टनमा साउदी, कतारी र ओमानको २ दिने विश्वास अभिवृद्धि प्रस्तावबारे सकारात्मक छलफल भएको जनाएका छन्।

ट्रम्पको अडान: ‘सेना तयारी अवस्थामा छ, तर म पूर्वाधार नष्ट गर्न चाहन्नँ’

ट्रम्पले युद्ध रोक्ने सङ्केत गरे पनि इरानसँग आणविक सम्झौता नभए सैन्य विकल्प अझै खुला रहने चेतावनी दिएका छन्।

अमेरिकाले मध्यपूर्वमा दुई वटा एयरक्राफ्ट क्यारियर तैनाथ राखेको र तेस्रो क्यारियर क्षेत्रतर्फ पठाइसकेको बताइएको छ। ट्रम्पले सेना ‘फुली लोडेड’ अवस्थामा रहेको दाबी गरे।

ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानका ३८ वटा मुख्य पुल र ऊर्जा केन्द्रहरूलाई निशानामा राखेको छ, जसलाई एकै घण्टामा नष्ट गर्न सकिन्छ। तर, ती पूर्वाधार पुनर्निर्माण गर्न १० वर्षभन्दा बढी लाग्ने भएकाले आफू त्यसलाई नष्ट गर्न अनिच्छुक रहेको उनले बताए।

ट्रम्पका अनुसार लगातारको आक्रमण र नाकाबन्दीका कारण इरानसँग अब सामान्य स्तरको १० प्रतिशत मिसाइल र १५ प्रतिशत मात्रै ड्रोन बनाउने क्षमता बाँकी छ।

इरानी प्रतिक्रिया र आगामी परिदृश्य

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानले अघि सारेको २ दिने शान्ति प्रस्ताव अझै पनि टेबुलमा रहेको स्पष्ट पारेका छन्।

यद्यपि, इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाई र विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानका नाकाबन्दी हटाउने र प्रतिबन्ध फुकाउने सर्तहरू पूरा नगरेसम्म हर्मुज जलमार्ग नखोलिने र पूर्ण वार्ता नहुने दोहोर्‍याएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्तहरूलाई ‘आक्रोशजनक र विवेकहीन’ भनेका छन् । तर कूटनीतिक बाटो खुला राखिएको बताएका छन्। मध्यावधि निर्वाचनको नतिजा र अमेरिकी जनतामाझ इरान युद्धको बढ्दो असन्तुष्टिका बीच ट्रम्प प्रशासनले थप सैन्य कारबाहीको साटो कूटनीतिक सम्झौता मार्फत सङ्कट समाधान गर्ने सङ्केत दिएको छ। एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?