News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली सूचीमा परेकोमा बधाई दिएको छ।
- रास्वपाले जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा वाग्लेको नेतृत्व नेपालको लागि उल्लेखनीय रहेको जनाएको छ।
- पार्टीले वाग्लेको पैरवीले नेपालको जलवायु सङ्कट, हानि–नोक्सानी र न्यायको मुद्दा विश्वमञ्चमा पुर्याएको बताएको छ।
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु वित्त परिचालनका लागि पहल, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय रहेको बताएका छन्।
‘विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता र राजनीतिककर्मीको रुपमा डा. वाग्लेले रसुवा/भोटेकोशी बाढीपश्चात् जलवायु न्यायका लागि विश्व मञ्चहरुमा गर्नुभएको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल र स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिनुभएको नेतृत्व र अग्रसरता नेपालको लागि सदैव उल्लेखनीय रहेको छ,’ रास्वपाले भनेको छ, ‘सूचीमा डा. वाग्लेको नाम समेटीनु रसुवा भोटेकोशी विपद्पश्चात डा. वाग्लेको नेतृत्वमा द्रुत गतिमा भएको विपद्पश्चातको आवश्यकता आँकलन, कार्बन उत्सर्जनमा भूमिका नरहेका देशहरूले भविष्यमा भोग्नुपर्ने विपद्को र त्यसमा विश्वसमुदायको दायित्वको सन्दर्भमा तथ्यमा आधारित वकालत, नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने गरी भएको पहल, विपद्पश्चात तत्काल सहयोग तथा सहायता आवश्यकता रहेका नागरिकको लागि अर्बौ आर्थिक सहायता परिचालन गर्न सफल रहनु लगायत योगदानलाई विश्व समुदायले समेत जानकारीमा राखेको उदाहरण हो ।’
रास्वपाले नेपालले जलवायु सङ्कटमा नगण्य योगदान गरे पनि यसको असर असमान रूपमा भोगिरहेको उल्लेख गरेको छ। विज्ञप्तिमा वाग्लेले विश्वमञ्चमा गरेको पैरवीले नेपालको अवस्थाबारे जानकारी दिए ठूलो भूमिका खेलेको पनि उल्लेख छ।
‘हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधनका लागि उहाँ (वाग्ले) गर्नुभएको पैरवीले नेपालको अवस्थाको बारेमा जानकारी दिन तथा नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको छ,’ रास्वपाले भनेको छ।
यसलाई रास्वपाले ठूलो उपलब्धी भन्दै वाग्लेको प्रयास सम्मान मात्र नभई जलवायु संकटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको बताएको छ।।
‘राष्ट्रिय स्वतन्त्र पार्टी यस उपलब्धिलाई नेपालको जलवायु कूटनीति र न्यायपूर्ण जलवायु कार्यका लागि थप जिम्मेवारी तथा अवसरका रूपमा लिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जलवायु सङ्कटसम्बन्धी नेपालको आवाज सशक्त रूपमा उठाउन, जलवायु परिवर्तनको कारण जिवन तथा जिविकोपार्जन नै प्रभावित भएका व्यक्ति तथा समुदायहरूलाई न्याय सुनिश्चित गर्न र राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न निरन्तर योगदान पुग्ने विश्वाससहित डा वाग्लेलाई पुनः हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछ।’
यस्तो छ रास्वपाको विज्ञप्ति


प्रतिक्रिया 4