News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट जुवातास र कौडा खेलिरहेको आरोपमा ११० जनालाई पक्राउ गरेको छ।
- काठमाडौं बूढानीलकण्ठबाट १० जनासहित चितवन, भक्तपुर, झापा र सर्लाहीका विभिन्न स्थानबाट पनि जुवातास खेलिरहेका समूह पक्राउ परेका छन्।
- प्रहरीले पक्राउ परेकाबाट नगद, तास र कौडा बरामद गरेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ४० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ६ सय १५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलाराम समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनवाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३७ हजार ४ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ सहयोगी टोलबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ आनन्द टोल बस्ने ३६ वर्षीय गोविन्द मगर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
धनकुटा, पाख्रीबास नगरपालिका-९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको अवस्थामा बिष्णु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ३ सय १५ रूपैयाँ र ३० थान कौडा सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका-३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार १ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछाने समेत १५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
झापा, कमल गाउँपालिका-५ टुक्रे बस्ने ४५ वर्षीया गिता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार २ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-१० बाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ५४ वर्षीय काजिम थापा समेत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ७ सय १० रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय संजय पंजियार समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ४ सय ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
सर्लाही, बरहथवा नगरपालिका-९ मुर्तियाबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका-९ बस्ने लालकृष्ण गुरूङ समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ५५ रूपैयाँ र र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवन समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार रूपैयाँ, ६ बुक तास र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रबिन्द्र केसीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रबिन्द्र समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार २ सय ५६ रूपैयाँ र ३ थान कौडा सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ६ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया 4