+
+
Shares

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्सले मंगलबार जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ।
  • टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा ९ विकेट गुमाएर १२० रनमा सीमित भयो।
  • ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाउँदा जनकपुरका कप्तान हर्मीत सिंहले ४ विकेट लिए।

२४ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।

थरिन्दु रत्नायकेले २८ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २७ रन बनाए ।

ओपनर सैब जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो । त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।

टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रन बनाउने बताएपनि जनकपुरका बलरले सुरुवातदेखि नै दबाबमा राख्दा सुदूरपश्चिम कम स्कोरमै समेटियो ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिए ।
यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आइरिस खेलाडी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?