+
+
Shares

धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते ७:५९

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकको शव घटनास्थलमै रहेकाले राजमार्गको एकतर्फी यातायात अवरुद्ध भएको थियो । प्रहरीले विभिन्न प्रहरी कार्यालयबाट ३१ जना सुरक्षाकर्मी परिचालन गरी घटनास्थलमा सुरक्षा दिएको थियो ।

प्रहरीका अनुसार राति ११ बजेर १५ मिनेटमा शव घटनास्थलबाट उठाएपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?