+
+
Shares

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते १२:५६

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ।

अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य जाँच र उपचार गरेको थियो।

बीबीसी उर्दूका अनुसार ती अधिकारीले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप, ज्वरो र आँखाको जाँचका साथै अन्य आवश्यक परीक्षणहरू पनि गरिएको बताएका छन्। करिब डेढ घण्टा अस्पतालमा राखेपछि खानलाई पुनः जेल फर्काइएको थियो।

जेल अधिकारीहरूका अनुसार, उनलाई राति १:४० बजे अडियाला जेलबाट उपचारका लागि अस्पताल पठाइएको थियो भने बिहान ३:२५ बजे फिर्ता ल्याइएको थियो।

अधिकारीहरूले बुधबार डाक्टरहरूको टोलीले उनको स्वास्थ्य अवस्थाबारे रिपोर्ट जारी गर्न सक्ने बताएका छन्। यसअघि नोभेम्बर ८ मा पनि जेलमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

१९ करोड पाउन्ड हिनामिनाको मुद्दाको सुनुवाइका क्रममा इमरान खानका वकिल सलमान सफदरले अदालतसमक्ष आफ्ना मुवक्किलको रक्तचाप नियन्त्रणमा नरहेको बताएका थिए।

यसैबीच, इस्लामावाद उच्च अदालतले जेल अधिकारीहरूलाई बुधबार वकिलहरू सलमान सफदर र सरदार लतिफ खोसालाई इमरान खान र उनकी पत्नी बुशरा बिबीसँग एक घण्टा भेटघाट गराउन निर्देशन दिएको छ।

(बीबीसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?