News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएको छ, जसमा नेपाली अभिनेता अनुपविक्रम शाही र प्रशान्त तामाङ देखिएका छन्।
- ट्रेलरमा प्रशान्त तामाङ चिनियाँ सेनाको हुलियामा देखिएका छन्, तर फिल्म हेर्न नपाउने उनले यसअघि नै निधन भइसकेको छ।
- प्रशान्त तामाङ इन्डियन आइडलबाट चर्चामा आएका गायक हुन्, जसले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘पाताल लोक’मा अभिनय गरेका थिए।
पछिल्लो समय प्रशान्त तामाङ बलिउडमा संघर्षरत थिए । उनी गायनभन्दा बढी अभिनयमा सक्रिय थि ए। त्यही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’मा अनुबन्धित भए । यो फिल्ममा अर्का नेपाली अभिनेता अनुपविक्रम शाही पनि थिए ।
दुई नेपाली कलाकार जोडिएको फिल्मको नाम पछि ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ राखियो । निर्माणको लामो प्रक्रियापछि भर्खरै मात्र यसको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै नेपाली अभिनेता अनुपविक्रम शाहीले व्यापक चर्चा पाइरहेका छन् । किनभने फिल्ममा उनको भूमिका दमदार देखिन्छ ।
उनीसँगै फिल्ममा देखिएका अर्का नेपाली अनुहार हुन्, प्रशान्त तामाङ । ट्रेलरमा प्रशान्तलाई चिनियाँ सेनाको हुलियामा देख्न सकिन्छ । फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा दर्शकले प्रशान्त तामाङलाई सम्झिरहेका छन् । तर, आफ्नो अभिनय रहेको यो फिल्म प्रशान्तले हेर्न पाउने छैनन् । किनभने यसअघि नै उनको निधन भइसकेको छ । फिल्मको छायांकन सकाएर घरमा आराम गरिरहेका बेला प्रशान्तले अन्तिम सास फेरेका थिए ।
प्रशान्त इन्डियन आइडलबाट एकाएक चर्चामा आएका गायक हुन् । गायनबाट पहिचान बनाएका उनले पछि अभिनयमा बढी लगाव देखाए । उनी अभिनित नेपाली फिल्मले पनि राम्रै चर्चा पाए । ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता चलचित्र सफल भए । यसबीचमा उनले चर्चित वेब सिरिज ‘पाताल लोक’मा समेत अभिनय गरिसकेका थिए ।
प्रतिक्रिया 4