+
+
Shares

भीमफेदी दुर्घटनामा उद्धार जारी : झाडीमा भेटिए घाइते बालक

दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान खुलेको छैन।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा घाइतेको संख्या ६ पुगेको छ, र १० जनाको मृत्यु भइसकेको छ।
  • दुर्घटनास्थलनजिकै झाडीमा भेटिएका एक बालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
  • बिहीबार बिहान करिब ६:१० बजे काठमाडौं–सर्लाही गाडी करिब ७०० मिटर तल खसेको थियो, र उद्धार कार्य जारी छ।

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइतेको संख्या ६ पुगेको छ। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकै झाडीमा घाइते अवस्थामा एक बालक भेटिएका छन्।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान खुलेको छैन।

बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा १५ जना सवार भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?