News Summary
Generated by OK AI. Editorially reviewed.- भारत, चीन र इजरायलका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र सुरेशकुमार कर्णको अग्रिमो सम्बन्धित मुलुकबाट प्राप्त भएको छ।
- संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि सरकारले राजदूतका लागि अग्रिमो पठाएको थियो।
- राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरूले सम्बन्धित मुलुकमा राजदूतका रूपमा कार्यभार सम्हाल्नेछन्, जबकि सात देशबाट अग्रिमो आउन बाँकी छ।
२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण राजदूतका लागि संसदीय सुनुवाइबाट अनुमोदन भएका थिए ।
सम्बन्धित मुलुकले अग्रिमो पठाएपछि अब उनीहरूलाई राजदूत नियुक्तिको बाटो खुलेको छ । राष्ट्रपतिले अब उनीहरूलाई नियुक्त गरेपछि सम्बन्धित मुलुकमा कार्यभार सम्हाल्न जानेछन् । स्रोतका अनुसार सोमबारसम्ममा उनीहरूको नियुक्ति हुने सम्भवाना छ ।
प्रधानमन्त्रीको भारत भ्रमण हुने मिति पनि नजिकिएकाले त्यसको तयारीका लागि राजदूत आवश्यक पर्छ । त्यसैले अग्रिमो आइसकेका राजदूतलाई चाँडै नियुक्ति गर्ने तयारी छ ।
अमेरिका, बेलायत, जर्मनी लगायतका सात देशबाट राजदूतहरूको अग्रिमो आउन बाँकी छ । अग्रिमो कुनै पनि राजदूत पठाउने निश्चित भएपछि सम्बन्धित देशले उक्त व्यक्तिलाई राजदूतका लागि स्वीकृति दिने प्रक्रिया हो ।
प्रतिक्रिया 4