+
+
Shares

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छठ पर्वको सार्वजनिक बिदामा पनि राहदानी विभाग सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने भएको छ।
  • सेवाग्राहीलाई असुविधा नहोस् भनेर नियमित राहदानी सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले बताए।
  • छठ पर्व मनाउने विभागका कर्मचारीलाई सोमबार बिदा दिइएको छ।

२७ काठमाडौं । सोमबार (कात्तिक ३० गते) छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग ‍खुला रहने भएको छ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए।

महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ।

सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए।

छठ पर्व मनाउने आफ्ना कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?