+
+
Shares

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा कारको ठक्करबाट ३० वर्षीया पार्बती भुजेलको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको छ।
  • सोही दुर्घटनामा घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ ।

भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

साथै, कारको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?